गौर घटनामा उपेन्द्रको नाम जोडिएकोमा पार्टीले जनायो आपत्ति

0 Shares

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको रौतहटको गौर घटनामा नाम जोडेर समाचार प्रकाशित भएको पार्टीले आपत्ति जनाएको छ । सर्वोच्च अदालतले सोमबार गौर घटनामा छानबिन अघि बढाउन परमादेश जारी भएपछि अध्यक्ष यादवलाई जोडेर समाचार प्रकाशित भएको थियो ।

उक्त घटनामा अध्यक्ष यादव सहित अरु नेता कार्यकर्तालाई कारबाही हुन्छ कि हुँदैन लगायत विविध समाचार आउन थालेपछि पार्टीले विज्ञप्ति जारी गरेर ध्यानाकषर्ण गराएको हो ।
पार्टी प्रवक्ता मनिष सुमनले अदालतको पूर्ण पाठ नआउँदै वा संक्षिप्त आदेश नै नआउँदै पूर्वाग्रह राखेर समाचार प्रकाशित भएकोमा भ्रत्सना गरेका छन् ।

सम्बन्धित समाचार