0
Shares
काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरलाई महाभियोग लगाएर हटाएमा विपक्ष मोर्चा एक ढिक्का हुने भएको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्ष दलको बैठकले सत्ताको रुपयोग गरेर उपसभामुह हटाए प्रतिवाद गर्ने निर्णय गरेको हो ।
इमान्दारिपूर्वक भूमिका निर्वाह गरेका उपसभामुखलाई हटाए विपक्ष मोर्चा एक ढिक्का हुने निर्णय भएको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले बताए । ‘अनाहकमा उपसभामुख हटाउन थालियो भनेर विपक्ष दलको बैठक बस्यो । यदी हटाएमा त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय भएको छ’ उनले भने ।
विपक्ष मोर्चाले उपसभामुख हटाए सदन र सडक दुबै मोर्चाबाट शसक्त प्रतिवाद गर्ने निर्णय गरेका छन् । विपक्ष बैठकमा माओवादी सहित, नेकपा एकीकृत समाजवादी, रास्वपा, राप्रपा, आमजनता, नेसपा लगायत दलका नेता सहभागी भएका थिए ।