0
Shares
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध विशेष अदालत मुद्दा दायर गरेको छ। उनी डिभिजन वन कार्यालय कैलालीमा कार्यरत थिए।
कैलाली जिल्ला चुरे गाउँपालिका ६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरिएको काठको बिमार्का तथा छोडपुर्जीका लागि सेवाग्राहीसँग ७ लाख ३१ हजार रुपैयाँ घुस लिएको पुष्टि भएसँगै मुद्दा दायर भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
उक्त रकम लिइसकेको अवस्थामा यादवलाई अख्तियारको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। अनुसन्धानपछि यादवले सेवाग्राहीसँग मागअनुसार रकम लिएको प्रमाणित भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९१० बमोजिम मुद्दा दायर गरिएको हो।