पञ्जाव किंग्समाथि राजस्थानको रोचक जित, आज यी सफल टोली भिड्दै

0 Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा जारी सिजन लयमा देखिएको राजस्थान रोयल्सले पञ्जाव किंग्समाथि तीन विकेटले विजयी भएको छ ।

पञ्जावको घरेलु मैदान भएको खेलमा पञ्जावले दिएको १४८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

यसअघि पहिला ब्याटिङ गर्दै पञ्जावले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रनको स्कोर खडा गरे पनि जितका लागि पर्याप्त बन्न सकेन । यो जितसँगै ६ खेलमा ५ जित र एक हारसहित १० अंक जोडेर राजस्थान शीर्ष स्थानमा रहँदा पञ्जाब ६ खेलमा २ जित र ४ हारसहित अंक तालिकाको आठौं स्थानमा सिमित बनेको छ ।

आईपीएलमा आज दुई खेल हुँदै छन् । आइतबार हुने पहिलो खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स भिड्दै छन् ।

यस्तै, आजै हुने आईपीएलको अर्को खेलमा दुई सफल इतिहास भएका टिम मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स भिड्ने छन् । पाँच खेलमा ३ जित र २ हार बेहोरेको चेन्नाई अंक तालिकाको तेस्रो स्थानमा रहँदा पाँच खेलमा २ खेलमा जित र ३ खेलमा हार बेहोरेको मुम्बई अंक तालिकाको सातौं स्थानमा छ ।

सम्बन्धित समाचार