0
Shares
काठमाडौं । यसैबीच काठमाडौं महानगर १४ कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा करेन्ट सर्ट भई आगलागी हुँदा एक करोड ७० लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
हिजो साँझ त्यहाँको जेनेरेटर दुई थान, ट्रान्सफर्मर एक थान, प्यानल बोड एक थान, बिसिटी एक थान, फ्रिज कम्प्रेशर एक थानलगायत जलेर करिब १ करोड ७० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।