0
Shares
काठमाडौं । बर्षाका कारण अवरुद्ध बनेको धादिङबेसी–मलेखु सडक खण्ड एक तर्फी संचालनमा आएको छ ।
नीलकण्ठ नगरपालिका-८ स्थित कृष्ण मन्दिर नजिकै खसेको पहिरो पन्छाएपछि सडक एकतर्फी संचालनमा आएको हो ।
सडक माथिबाट खसेको पहिरो जेसेबीको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायतको टोलीले बाटो खुलाएको हो । ठूलो बर्षाले खसेको पहिरोका कारण सडक अवरुद्ध बनेको थियो ।