0
Shares
काठमाडौं । नेपालका अलराउण्डर दीपेन्द्र सिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्ध कीर्तिमान बनाएका छन् । उनले एकै ओभरमा ६ छक्का हानेर कीर्तिमान बनाएका हुन् ।
दीपेन्द्र नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी बनेका हुन् । यसअघि दीपेन्द्रले केही महिनाअघि मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए । तर, एकै ओभरमा थिएनन् ।
दीपेन्द्रले कतारका कमरान खानलाई अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका हुन् । उनले २१ बलमा तीन चौका र सात छक्का प्रहार गर्दै ६४ रन बनाएका हुन् ।
यसअघि उनले मंगोलियाविरुद्ध नौ बलमा अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका थिए ।