रवि लामिछानेलाई काठमाडौं ल्याइँदै, विमानस्थलमा लगियो

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागारमा ल्याउने तयारी भएको छ । उनलाई रुपन्देही कारागार भैरहवाबाट निकालेर नख्खु ल्याउने भएको हो ।

लामिछानेलाई कारागारबाट गौतमबुद्ध विमानस्थल हुँदै बुद्ध एयरको जहाजमार्फत काठमाडौं ल्याउने भएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि उनलाई रुपन्देही कारगार राखिँदै आएको थियो । उनलाई नख्खु कारागारमा सरुवा गर्न अदालतले समेत अनुमति दिएको थियो । तर, गृह प्रशासनले रोक्दै आएको थियो ।

केही दिनअघि मात्रै मानव अधिकार आयोगको टोलीले कारागार अनुगमन गरी लामिछानेले भैरहवामा आफ्नो ज्यानको समेत असुरक्षा रहेको र बसाई असहज भएको बताएसँगै सरकारमाथि दबाब सिर्जना भएको थियो ।

उनले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए । अदालतले जेठ १६ गते अनुमति दिएको थियो ।

सम्बन्धित समाचार