0
Shares
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भागलगायत बाँकी प्रदेशको पहाडी भागका थोरै स्थान तथा बाँकी तराई भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी र सुदूरपश्चिम प्रदेशलागायत बाँकी प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ ।
कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भागलगायत बाँकी प्रदेशको पहाडी भागका थोरै स्थान र बाँकी तराई भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।