दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का हान्दा कतारलाई २११ रनको लक्ष्य

0 Shares

काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ । दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा नेपालले २१० रन बनाएको हो ।

ऐरीले अन्तिम ओभरमा ६ छक्का हान्दै २१ बलमा ६४ रन बनाएर नटआउट रहे । उनले सात छक्का तीन चौका प्रहार गरे ।

यस्तै, नेपालका लागि ओपनर आसिफ शेखले पनि अर्धशतक बनाए । उनले ४१ बल खेल्दै ६ चौकाको मद्दतले ५२ बनाए ।

अर्का ओपनर कुशल भुर्तेलले ११ बलमा १२ रन बनाएर आउट भए । कप्तान रोहित पौडेलले १८ रन बनाउँदा कुशल मल्लले ३५ रन बनाए । अन्य ब्याटर चल्न सकेनन् ।

सम्बन्धित समाचार