ढुंगाले लागेर एक जनाको मृत्यु, एक घाइते

0 Shares

सुनसरी। जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित बाहुनी खोला नजिकै भिरमाथिबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् ।

आज दिउँसो करिब ४ः३५ बजे बराह क्षेत्रबाट चतरातर्फ आउँदै गरेको स१०प ७९२१ नम्बरको मोटरसाइकल चालक सप्तरी बोधेबर्साइन नगरपालिका ४ का ३० वर्षीय जीवन साहको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार सप्तरी खडक नगरपालिका ११ बनौलीका ३० वर्षीय धर्मेन्द्रकुमार साह घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

चतरा वराहक्षेत्र सडक खण्डमा रहेको बाहुनी खोलामा पहिरो झरिरहेका अवस्थामा बाटो पार गर्न पर्खिरहेका समयमा माथिबाट झरेको ढुंगाले टाउकामा लागि घटनास्थलमै साहको मृत्यु भएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार