दक्षिणतर्फ सर्दै मनसुन, यस्तो छ आज देशभरको मौसम

0 Shares

काठमाडौं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहे पनि विस्तारै दक्षिणतर्फ सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

फल स्वरूप, नेपालमा मनसुन केही कमजोर हुँदै जाने भएको छ । तर, हाल बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव भने रहेको महाशाखाले जनाएको छ ।

आज बिहान सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भागमा साधरणतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भागमा साधरणतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ । देशका पहाडी भागका थोरै स्थान तथा बाँकी तराई भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति कोशी प्रदेशलगायत देशको पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागका थोरै स्थान र बाँकी पहाडी तथा तराई भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार