0
Shares
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा दुई वटा सवारी साधन आपसमा ठोक्किएर दुर्घटना भएको छ । बिहीबार बन्दीपुर गाउँपालिका ४ ठूल्ढुङ्गामा भन्ने स्थानमा दुर्घटना भएको हो ।
दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ग१ख ७३२९ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको बा०१–००६ ख ६५०३ नंको विद्युतीय माइक्रो ठोक्किँदा ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।