नयाँ वर्षको दिन यी स्थानमा वर्षा हुने, भोलिको मौसम कस्तो ?

0 Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले कोशी, बागमती र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशलगायत देशका पहाडी भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागको थोरै स्थान साथै बाँकी उच्च पहाडी तथा हिमाली भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति गण्डकी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि आइतबार देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र कर्णाली प्रदेशको पहाडी भागको थोरै स्थानमा र बाँकी पहाडी भागको एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भागको थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार