पोर्चुगल पुगेका युवकको शव फेला, नेपाल ल्याउन नसक्दा अलपत्र

0 Shares

काठमाडौं । वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका दोलखाको तामाकोसी गाउँपालिका ६ च्यामाका ३३ वर्षीय अर्जुनप्रसाद आँपागाईंको शव फेला परेको छ ।

करिब ३९ महिनाअगाडि श्रम स्वीकृति लिएर क्रोएसिया पुगेका उनी केही महिनापछि पोर्चुगल पुगेका थिए । पोर्चुगलगल पुगेपछि बेजा जिल्लाको एजेन्सी कम्पनीमा लेबर काम गर्दै आएका थिए ।

आइतबार बिहान घाँटीमा सलको पासो लगाएर आफ्नै कोठामा झुन्डिएको अवस्थामा उनलाई नेपाली साथीहरूले भेटेका थिए । त्यसपछि मृतकका भाइ शिवजी आँपागाईंलाई खबर गरेका थिए ।

आँपागाईंका वृद्ध बुबाआमा, श्रीमती, एक छोरा र एक छोरी नेपालमा छन् । मृतकको शव चार दिनदेखि पोर्चुगलको बेजा अस्पतालको शव गृहमा राखिएको छ । आर्थिक अभावले शवलाई नेपाल ल्याउन सकिएको छैन  ।

मृतक आँपागाईंको शव नेपाल ल्याउन सक्ने रकम जुटाउन नसकेपछि पोर्चुगलमा व्यवस्थापन गर्नसमेत नेपाली १० लाख लाग्ने भएकाले रकम जट्न नसक्दा शव अलपत्र परेको छ ।

सम्बन्धित समाचार