0
Shares
काठमाडौं । आजदेखि तीन जिल्ला प्रमुख जिल्ला अधिकारी सिडिओविहीन भएका छन् । भक्तपुर, ललितपुर र दाङमा सिडियो पद रिक्त भएको हो ।
ललितपुर प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई साउन २६ गतेको मन्त्रिपरिषद्ले गृह मन्त्रालयभन्दा बाहिर सरुवा गरेको छ ।
पाण्डेलाई अर्थ मन्त्रालय र ढकाललाई गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई गृहमन्त्री रमेश लेखकले मन्त्रिस्तरीय निर्णयबाट बुधबार कैलालीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएका छन् ।