पहिलो खेलमा नेपाललाई मलेसियाले दियो १४४ रनको लक्ष्य

0 Shares

काठमाडौं । एसीसी प्रिमियर कप २०२४ को पहिलो खेलमा नेपाललाई मलेसियाले १४४ रनको लक्ष्य दिएको छ ।

ओमनको अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले सुरुवाती निर्धारित ओभरमा तीन विकेट गुमाउँदै १४३ रन बनाएको हो ।

मलेसियाका कप्तान विरनदीप सिंह ७२ रनमा नटआउट भए । शर्विम मुनिआन्डी ४१ रन बनाउँदा अर्का ओपनर मोहम्मद आमिरले १६ रन बनाए आउट भए । अन्य दुई खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि दीपेन्दसिंह ऐरीले दुई विकेट लिँदा अभिनास बोहराले एक विकेट लिए

सम्बन्धित समाचार