0
Shares
बागलुङ । चट्टानसहितको ठूलो पहिरो खसेपछि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ सडक खण्ड चार दिनपछि सञ्चालानमा आएको छ ।
बागलुङ नगरपालिका १३ कालाखोला बगरमा शनिबार अविरल वर्षाका कारण पहिरो खस्दा करिडोर अवरुद्ध भएको थियो । सडक करिडोर आयोजना तथा निर्माण व्यवसायीको अवरुद्ध सडकमा यातायात सञ्चालन सुरु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।
पहिरो खुलाउन आइतबारबाटै थालिएकामा मंगलबार दिउँसोबाट सवारी साधन चल्ने गरी सडक सञ्चालनमा ल्याइएको उनले बताए । ठूला मालवाहक सवारी सञ्चालनका लागि थप चट्टान काट्ने कामसमेत भइरहेको उनको भनाइ छ ।
पहिरोका कारण ४० मिटर सडकको ट्रयाक नै परिवर्तन गरेर सडक सञ्चालनमा ल्याइएको हो ।