आज रातभर देशका यी प्रदेशमा वर्षा हुने, केही स्थानमा भारी वर्षा

0 Shares

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार राति बागमती र गण्डकी प्रदेशलगायत देशको पहाड भेगमा साधारणतया बदली (बाक्लो बादल) रही बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) छ ।

बागमतीका केही र कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशलगायत सुदूरपश्चिम प्रदेशका पहाड भागका एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

रातभर देशभरि मौसम बदली र विभिन्न स्थानमा पानी पर्ने क्रम जारी रहने सम्भावना छ । मौसम महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाड र तराई भाग साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाड भागका केही स्थान तथा मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानरूमा मध्यम वर्षा हुने सम्भावना छ ।

सम्बन्धित समाचार