0
Shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि आज (शनिबार) खेलाडीहरूको अक्सन हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले दिएको जानकारीअनुसार दिउँसो ३ बजेदेखि खेलाडी छनोट प्रक्रिया सुरु हुनेछ ।
एनपीएलमा सहभागी ८ वटा फ्रेन्चाइज टोलीका लागि कुल ३७ खेलाडीमाथि बोली लाग्नेछ । यसका लागि क्यानको प्राविधिक टोलीले खेलाडी दर्ता गराएका ४५८ जनामध्येबाट १५० जनालाई अक्सनका लागि छनोट गरेको छ ।
छनोट भएका खेलाडीहरूलाई उनीहरूको योग्यता र प्रदर्शनका आधारमा ‘ए’, ‘बी’, र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ । फ्रेन्चाइज टोलीहरूले आफ्नो आवश्यकता र रणनीतिअनुसार जुनसुकै श्रेणीका खेलाडीलाई पनि खरिद गर्न सक्नेछन् ।