0
Shares
काठमाडौं । कञ्चनपुरको महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चार पांग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
महाकालीमा पानीको बहाव एक लाख तीन हजार क्युसेक पुगेपछि शारदा ब्यारेजमा चार पांग्रे सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्नेबित्तिकै चार पांग्रे सवारी आवागमनमा रोक लगाइने गरिन्छ । महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ ।