0
Shares
काठमाडौं । घुससहित पक्राउ परेका सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहविरूद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
उनले वडा नम्बर ६ स्थित नाला निर्माण योजनाको काम सकेपछि भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए । बिचौलियामार्फत घुस माग गरेको सूचना पाएपछि अख्तियारबाट खटिएको टोलीले एक लाख रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।
अनुसन्धानको क्रममा उनले घुस माग गरेको पुष्टि भएको भन्दै उनीविरूद्ध शुक्रबार मुद्दा दायर गरेको हो ।