हेलिकप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित आठ जनाको मृत्यु

0 Shares

काठमाडौं । घानामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित आठ जनाको मृत्यु भएको छ ।

घानाको दक्षिणी असान्ती क्षेत्रमा भएको दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमान बोआमा र वातावरण मन्त्री इब्राहिम मुर्तला मुहम्मदसँगै ८ जनाको मृत्यु भएको हो ।

हेलिकप्टरमा दुई मन्त्रीसहित पाँच यात्रु र तीन जना चालक दलका सदस्य सवार थिए । मृत्यु हुनेहरुमा उपराष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मुहम्मद मुनिरु लिमुना, नेशनल डेमोक्रेटिक कांग्रेसका उपाध्यक्ष सामुएल सार्पोङ, सांसदका उम्मेदवार सामुएल अबोआग्ये रहेका छन् ।

यस्तै, तीन जना चालक दलका सदस्यहरूमा स्क्वाड्रन लिडर पिटर बाफेमी अनाला, फ्लाइङ अफिसर मालिन ट्वुम-अम्पाडु र सर्जेन्ट एर्नेस्ट एडो मेन्साह रहेका छन् ।

राजधानी अक्राबाट ओबुआसीतर्फ जाँदै गरेको जेड ९ हेलिकप्टरसँग सम्पर्क टुटेको जानकारी दिइएको थियो । हेली ओबुआसी दक्षिण घानाको एक प्रमुख खानी क्षेत्र हो ।

सम्बन्धित समाचार