0
Shares
काठमाडौं । यही शुक्रबारदेखि लगातार वर्षा भएसँगै मधेस प्रदेशका किसानहरूको मुहारमा खुसी छाएका छ । मधेसको कृषि मन्त्रालय, खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका अनुसार चार दिनमा १३ प्रतिशतले रोपाइँ थपिएको छ ।
मधेसका आठ जिल्लामा मंगलबारसम्म ७० प्रतिशत रोपाइँ पूरा भएको छ । जसमा सबैभन्दा बढी पर्सामा ८५, बारामा ८३ प्रतिशत रोपाइँ सकिएको छ ।
सबैभन्दा कम महोत्तरीमा ३९ प्रतिशत रोपाइँ भएको छ । चार दिनअघिसम्म जम्मा ५७ प्रतिशत मात्र रोपाइँ भएको थियो ।
शुक्रबारसम्म ८५ प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरिएको छ । मधेसमा तीन लाख ७२ हजार हेक्टरमा धानखेती हुने गरेको छ ।