आज इद मनाइँदै, देशभर सार्वजनिक बिदा

0 Shares

काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो ।

बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् ।

रमजानलाई पवित्र महिना मानिन्छ । “जकात (दान) यही महिनामा दिइन्छ”, उनले भने, “हामी यो महिनालाई पुण्य कमाउने महिना मान्छौँ ।”

यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गदै ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सम्बन्धित समाचार