यूएईमा सामान्य भनाभन हुँदा श्रीमतीको शव फेला-श्रीमान् बेपत्ता

0 Shares

काठमाडौं । यूएईको अजमानमा राधिका घिमिरेको रहस्यमय मृत्युसँगै प्रहरी नियन्त्रणमा रहेका शानेश्वर घिमिरे रिहा भएका छन् ।

अर्घाखाँची गाउँपालिका पाणिनी ५ का थानेश्वर नातामा राधिकाको भाइ पर्छन् । राधिकाको मृत्युको विषयमा उनलाई सोधपुछ गर्न प्रहरीले नियन्त्रणमा लिएको थियो ।

२९ वर्षीया राधिका आइतबार बिहान यूएईको अजमान चाइना मलनजिकै आफू बस्दै आएको बिल्डिङबाहिर मृत भेटिएकी थिइन् । घटनापछि भागेका थानेश्वर आइतबार दिउँसो आफैँ प्रहरी कार्यालयमा पुगेका थिए ।

दिदीले काम लगाइदिने भनेर भिजिट भिसामा यूएई पुगेका थानेश्वरले आफू छुटेको विषयमा सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले भिजिट भिसामा आएको एक साता नहुँदै दिदीको लास देखेपछि डराएर भागेको बताए ।

घटना भएपछि राधिकामा श्रीमान् बेपत्ता भएका छन् । उनले दिदी भिनाजुबीच सामान्य भनाभन हुँदा आफूलाई असहज लागेर उठेर बाथरुम गएको बताएका छन् ।

राधिका रोजगारीका लागि १३ महिनाअघि यूएई पुगेकी थिइन् । उनको मृत्युपछि श्रीमान टीकापुर ७ कैलालीका नेत्रप्रसाद न्यौपाने फरार छन् । उनी अजमानकै एउटा मोटरपार्ट्ससम्बन्धी कम्पनीमा कार्यरत थिए ।

सम्बन्धित समाचार