0
Shares
काठमाडौँ । पूर्व उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खडेरीबाट प्रभावित जनताको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै तत्काल राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेका छन्।
शुक्रबार उनले आफ्नो फेसबुकमार्फत सो आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘खडेरीको कारण रोपाईं मात्र होइन, खानेपानीसमेत समस्या भएको छ। तर अहिलेसम्म सरकारले त्यसतर्फ समुचित ध्यान दिन सकेको छैन। तत्काल राहत प्याकेज घोषणा गरियोस् ।’
श्रेष्ठले संघीय र प्रदेश दुवै सरकारलाई संकटको समयमा जिम्मेवारीपूर्वक कार्य गर्न आह्वान गरेका छन् । सरकारले केहिदिनअघिमात्रै मधेस प्रदेशका सबै जिल्लालाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।