काठमाडौंको आकाशबाट तुवाँलो नहट्ने, यस्तो हुनेछ मौसम

0 Shares

काठमाडौं । काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस तथा अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसबीच रहने भएको छ ।

मौसमविद् गोविन्द झाले भने, “आज काठमाडौंमा तुवाँलो लागेको छ, केही समय आकाश खुले पनि तुवाँलो पूर्ण रूपमा हट्ने सम्भवना छैन ।”

यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मौसमविद् झाका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा रहने छ ।

सम्बन्धित समाचार