एकीकृत समाजवादीमा प्रवेश गरेको हप्ता दिनमै बाहिरिने बामदेवको चेतावनी

0 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी भर्खरै वरिष्ठ नेता बामदेव गौतमले काम दिन नसके पार्टीमा बस्न नसक्ने बताएका छन् ।

बुधबार कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन अग्रह गरेका हुन् ।

केही हप्ताअघि मात्रै एकीकृत समाजवादीमा समाहित भएका गौतमले पार्टी नेतृत्वलाई आफ्नो लागि कामसहितको पद सिर्जना गर्न आग्रह गरेका हुन् । कामबिनाको पद आफूलाई नचाहिने उनको भनाइ थियो ।

उनले भने, ‘मलाई के पद दिने भन्ने विषय उठेको छ, मलाई चाहिन्न पद, मैले त्यो पहिला पनि भनेको छु, मलाई काम दिनुस्, काम दिनको निम्ति तपाईंहरूले कुन पद सिर्जना गर्नुपर्छ? कामसहितको सिर्जना गरिदिनुस्।’

गौतमले काम नगरी बस्न नसक्ने आफ्नो चरित्रबारे उल्लेख गरे ।

सम्बन्धित समाचार