शक्तिशाली सरकारको एक वर्ष खेर गइसक्यो- गगन थापा

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दल मिलेर बनेको शक्तिशाली सरकारको एक वर्ष खेर गएको बताएका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले प्रधानमन्त्री केपी ओली सरकार टिक्नु ठूलो कुरा हो भनेर बसिरहँदा एक वर्ष खेर गएको बताएका हुन् ।

‘कांग्रेस र एमाले मिलेर बनेको यो सरकारले जुन लाभ प्राप्त गर्नुपर्ने हो त्यसमा हामी नराम्रोसँग चुकेका छौँ, केपी ओलीले सरकारको नेतृत्व गरिराख्नु भएको छ,’ उनले भने, ‘हामी त्यसको साझेदार छौँ, मेरो चिन्ता एक वर्ष खेर गइसक्यो, अर्को एक वर्ष खेर नफालौँ।’

यसैबीच महामन्त्री थापाले सत्ता गठबन्धनमा कुनै खटपट नभएको स्पष्ट पारेका थिए ।

सम्बन्धित समाचार