वनमा लागेको आगो निभाउँदा घाइते भएका थप दुई सैनिकको निधन

0 Shares

काठमाडौं । डोल्पाको जंगलमा लागेको डढेलो निभाउने क्रममा जलेर घाइते भएका थप दुई सैनिकको निधन भएको छ । सोमबार ठूलोभेरी नगरपालिका ३ स्थित मष्टा भवानी सामूदायिक वनमा लागेको डढेलो निभाउने क्रममा चार सैनिक घाइते भएका थिए ।

डढेलो निभाउने क्रममा देवीदत्त गण ‘क’का चार सैनिक घाइते भएका हुन् । तीमध्ये एक जनाको डोल्पामै सोमबार साँझ निधन भएको थियो । थप दुई सैनिकको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

सोमबार साँझ डोल्पामा सिपाही हेमन्त रावतको निधन भएको थियो । मंगलबार कीर्तिपुर अस्पतालमा जमदार केशरबहादुर जागा मगर र सिपाही आशिष बुढाको निधन भएको हो । प्युठ विजय कोइरालाको उपचार जारी छ ।

सामूदायिक वनमा केही दिनदेखि लागेको डढेलो नियन्त्रण गर्न सेनाका दुई वटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय खटिएको थियो ।

सम्बन्धित समाचार