काठमाडौंको तारकेश्वरमा युवती मृत फेला

0 Shares

काठमाडौं । काठमाडौंको तारकेश्वरमा एक युवती मृत भेटिएकी छन्।

सोमबार बिहान तारकेश्वर नगरपालिका-८ स्थित फुटुङस्थित टुसाल खेल मैदान नजिकै रेलिङमा झुन्डिएको अवस्थामा एक युवती मृत भेटिएकी हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार मृत भेटिएकी युवती अन्दाजी २२/२३ वर्षकी छन्। घटनाबारे जानकारी प्राप्त भएपछि टोली खटिएको एसपी बोहराले जानकारी दिए।

‘टोली खटिएको छ। अनुसन्धान भइरहेको छ,’ उनले भने।

सम्बन्धित समाचार