प्रधानमन्त्री ओली भेट्न च्यासल जाँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

0 Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले केन्द्रीय कार्यालय च्यासल जाँदैछन् ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनी च्यासल जान लागेकी हुन् । दिउँसो ३ बजे पूर्वराष्ट्रपति भण्डारी च्यासल जाने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।

भेटमा उनीहरुबीच एमाले सचिवालय र पोलिटब्युरो बैठकमा आफ्नो सक्रिय राजनीति र पार्टी सदस्यता नवीकरणबारे उठेका विषयमा छलफल हुने बुझिएको छ ।

सम्बन्धित समाचार