0
Shares
काठमाडौँ । बाढीको वितण्डापछि प्रधानमन्त्री केपी शर्मा ओली रसुवा जाने भएका छन् । प्रधानमन्त्री ओली मंगलबार अपराह्न रसुवा जान लागेका हुन् ।
रसुवागढी भन्सार क्षेत्रमा बाढीले तहस नहस बनाएसँगै स्थलगत अवलोकनका लागि प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले गृहमन्त्री रमेश लेखकसमेतलाई लिएर प्रधानमन्त्री रसुवा जान लागेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए । ती सदस्यका अनुसार आजै जाने भएपनि समय भने तय भइसकेको छैन ।