सुनको मूल्यमा निरन्तर वृद्धि, कारोबार कतिमा हुँदैछ ?

0 Shares

काठमाडौं । असार १९ गते, बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिन सुनको मूल्य निरन्तर बढेको छ ।

त्यसैगरी, आजको बजारमा चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला दुई हजार १७० रूपैयाँमा किनबेच भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार १४५ रूपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार