नेपालमा सामसङ ग्यालेक्सी बड्स कोर सार्वजनिक, यस्ता छन् विशेषताहरू

0 Shares

काठमाडौं । नेपालको अग्रणी प्रविधि ब्रान्ड सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन ग्यालेक्सी बड्स कोर नेपाली बजारमा सार्वजनिक हुने भएको छ ।

जुलाई १ देखि उपलब्ध हुने यी बड्सहरू दैनिक उपयोगका लागि डिजाइन गरिएका छन् । जसले प्रिमियम फिचरहरू जस्तै उत्क्रिष्टसाउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन (एएनसी) र ग्यालेक्सी एआईको इन्टरप्रिटर मात्र ७ हजार ३९९ रूपैयाँको किफायती मूल्यमा उपलब्ध गराएको छ ।

कालो र सेतो रंगमा उपलब्ध ग्यालेक्सी बड्स कोर नेपालभर सामसङका आधिकारिक बिक्रेताहरू बाट बिक्री हुनेछ ।

कम्प्याक्टसँगै शक्तिशाली स्मार्ट

ग्यालेक्सी बड्स कोरले डायनामिक ड्राइभरको प्रयोग गरी गहिरो इमर्सिभ साउन्ड तथा शक्तिशाली बेस प्रदान गर्दछ । एएनसी र कल न्वाइज रिडक्सनको साथमा, प्रयोगकर्ताहरूले धेरै हल्ला भएको ठाउँमा पनि स्पष्टसँग कुरा गर्न सक्छन् । तीन वटा माइक प्रणालीले उत्कृष्ट भोकल स्पष्टता सुनिश्चित गर्छ । जसले यी इयरबड्सलाई फोन कल, संगीत, वा मिटिङका लागि उपयुक्त बनाउँछ ।

प्रत्येक इयर बडमा सुरक्षित र सहज विङटिप्स छन्, जसले कठिन गतिविधिहरूको क्रममा पनि आरामदायी महसुस गराउँछ।

उत्पादन विवरण:

रंग: कालो, सेतो

प्रकार:    इन-इयर ट्रू वायरलेस स्टीरियो

माइक्रोफोन: छ, तीन माइक प्रणाली

कनेक्टिभिटी: ब्लुटुथ ५.४

न्वाइज क्यान्सिलेसन: एक्टिभ न्वाइज क्यान्सिलेसन, कल न्वाइज रिडक्सन

ग्यालेक्सी एआई फिचरहरू: इन्टरप्रिटर (रियल-टाइम अनुवाद)

ब्याट्री लाइफस् ३५ घण्टासम्म

उपलब्धतास् जुलाई १ देखि सामसङका आधिकारिक बिक्रेतामा

 

सम्बन्धित समाचार