0
Shares
काठमाडौं । सिद्धार्थ बैंक र नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जा सुविधा सम्झौता भएको छ।
सम्झौतापछिट टाटा मोटर्सका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकले बैंकबाट पाँच वर्षे अवधिको छिटो, सहज र सुलभ ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सक्नेछन्।
दिगो बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारीसाधन प्रयोगलाई प्रोत्साहित गर्ने उद्देश्यले सिप्रदीसँग सम्झौता गरिएको बैंकले जनाएको छ।