कैलाश मानसरोवर पुगेका पर्यटकको मृत्यु

0 Shares

रसुवा । कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फिजीका ५५ वर्षीय दलिप सिंह रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । असार ७ गते चीनको भूभागमा उनको मृत्यु भएको थियो ।

मृतक सिंहको शव केरूङदेखि स्याफ्रुबेँसी हुँदै हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

सम्बन्धित समाचार