बलात्कार मुद्दामा दुई महिनादेखि फरार छन् पूर्वप्रदेश प्रमुख राजेश अहिराज

0 Shares

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा अहिराजविरूद्ध पक्राउ पुर्जी जारी भएको दुई महिना बित्दा पनि पक्राउ परेका छैनन्।

अहिराजले काठमाडौंको बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोप छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले उनको खोजी जारी रहेको बताए।

‘खोजी भइरहेको छ। फेला पर्न सकेका छैनन्,’ उनले भने। अहिराज घटना भएको खबर पाएपछि भारत भागेको हुनसक्ने स्रोतले बतायो।

जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध माघ ३ गते नै दर्ता भएको थियो। जाहेरी दर्ता गरे पनि प्रहरीले अहिराजविरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको थिएन।

अदालत स्रोत अनुसार प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो। उक्त पक्राउ पुर्जी जारी भएको थाहा भएपछि अहिराज फरार भएका हुन्।

सम्बन्धित समाचार