यी हुन् चितवनको दुर्घटनामा ज्यान गुमाउने ७ जना

0 Shares

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका ४ डडुवा भएको दुर्घटनाका मृतकको पहिचान खुलेको छ ।

शनिबार दिउँसो बस र ईभी माइक्रो दुर्घटना हुँदा सात जनाको मृत्यु थियो । त्यस्तै, २४ जना घाइते भएका थिए ।

प्रहरीका अनुसार पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो । शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको ईभी गाडी ठोक्किएको थियो ।

घाइतेहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको चितवन प्रहरी प्रमुख गोविन्द पुरीले जनाएका छन् । दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले आवागमन सञ्चालनमा आएको छ ।

यी हुन् मृतकहरू

१ मकवानपुर हटिया ३ बस्ने ५५ वर्षीय सोम प्रसाद रुपाखेती ।
२ मकवानपुर हेटौंडा ५ बस्ने ५३ वर्षीया मैंया कुमारी न्यौपाने पहाडी ।
३ हाल नामथर वतन नखुलेको अन्दाजी १८/१९ वर्षीया महिला ।
४ हाल नामथर वतन नखुलेकी अन्दाजी २४/२५ वर्षीया महिला ।
५ हाल नामथर वतन नखुलेको अन्दाजी २२/२३ वर्षीया पुरुष ।
६ नामथर वतन नखुलेकी अन्दाजी ३०/३५ वर्षीया गर्भवती महिला ।
७ नामथर वतन नखुलेका अन्दाजी ३५/४० वर्षीया पुरुष ।

सम्बन्धित समाचार