करिब ११ करोडमा धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न, खानेपानीमन्त्रीले गरे उद्घाटन

0 Shares

काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिका– ११, १२ र १३ मा ‘डावरटोल–नैनपुरटोल खानेपानी आयोजना’ निर्माण सम्पन्न भएको छ। निर्माण सुरु भएको पाँच वर्षपछि १० करोड ९४ लाखको लागतमा सो आयोजना सम्पन्न भएको हो।

खानेपानीमन्त्री प्रदीप यादवले आयोजनाको आज उद्घाटन गर्नुभयो । आयोजनाबाट एक हजार ५०० घरधुरी लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरले जनाएको छ।

उद्घाटन कार्यक्रममा खानेपानीमन्त्री यादवले यी तीनैवटा वडाका उपभोक्ताको वर्षौँदेखि शुद्ध खानेपानी पिउने सपना आज साकार भएको बताए।

उनले भने, “हामीले आजदेखि धनगढीमाई नगरपालिकाको वडा नं ११, १२ र १३ का नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानीको अभावबाट मुक्त गराएका छौँ। यो सरकारको नागरिकप्रतिको प्रतिबद्धता पनि हो।”

स्थानीय तहसँगको सहकार्यद्वारा देशभरका नागरिकलाई सुरक्षित तथा पर्याप्त खानेपानी पु¥याउने सरकारको प्रतिबद्धता रहेको उनले बताए।

सम्बन्धित समाचार