एक जनाको हत्या आरोपमा आमासँगै दुई छोरा पक्राउ

0 Shares

काठमाडौं । बाराको कलैया उपमहानगर १४ बस्ने ५० वर्षीय नन्दु राउत कुर्मीको हत्या आरोपमा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानमा बस्ने ३८ वर्षीया रञ्जु जैसवालसँगै उनकै छोराहरू २० वर्षीय सुमित जैसवाल र १८ वर्षीय किशोरसहित ६ जना रहेका छन् ।

उनीहरूले पुरानो रिसइवीका कारण गत जेठ २० गते साँझ कुटपिट गर्दा गम्भीर घाइते भएका नन्दुको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले सोही ठाउँ बस्ने २८ वर्षीय दिगम्बर साह कलवारलाई सोही दिन पक्राउ गरेको थियो ।

उनीविरुद्ध ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार