कृषि प्रविधि कार्यक्रमका लागि पाल टाँगेर उद्घाटन

0 Shares

काठमाडौं । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले बुधबार ऋषिङ गाउँपालिका ७ आम्चोकमा ‘जलवायु मैत्री कृषि प्रविधि कार्यक्रम’ उद्घाटन गरेका छन् ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश, जिल्ला समन्वय समिति तनहुँ, कृषि ज्ञान केन्द्र र ऋषिङ गाउँपालिकाको समन्वय ऋषिङ ७ आम्चोकका कृषकको सहकार्यमा कृषि प्रविधि कार्यक्रम सञ्चालन भएको हो ।

यस कार्यक्रममा २३ घरधुरीको सहभागिता रहेका छन् । जसबाट जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम सञ्चालन हुने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार