0
Shares
काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका छन्। आज मन्त्री गुरुङले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरेका हुन्।
बैठकले मत्स्यपालन अनुदान सम्बन्धी विश्व व्यापार संगठन सम्झौता अनुमोदनको लागि संघीय संसदसमक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
उनका अनुसार बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीश डा। श्री शान्ता सेढाई सापकोटालाई तोक्ने निर्णय गरेको छ।
यस्तै, सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुङ्गानालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव पदमा सरुवा गरेको छ।

