0
Shares
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा दुई हजार ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको हो ।
योसँगै आज सुनको मूल्य तोलामा एक लाख ९५ हजार रुपैयाँ कायम भएको हो । सोमबार सुनको मूल्य प्रतितोलामा एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैबीच आज चाँदीको मूल्य ५ रूपैयाँ घटेको छ । सोमबार तोलामा दुई हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा दुई हजार १६० रुपैयाँ कायम भएको हो ।