0
Shares
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
इण्डियन आयल कर्पोरेशनबाट आएको पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ४१ पैसा र डिजेलमा १ रुपैयाँ ६७ पैसाले बढेर आएकाले मूल्य समायोजन गरेको जनाएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा २ रुपैयाँ बढाएको उल्लेख छ। बढेको मूल्यअनुसार पेट्रोल १६०, डिजेल र मट्टितेल १४५ रुपैयाँ पुगेको छ।