बूढानीलकण्ठमा धादिङकी अन्जना पाख्रिन र एक जना भारतीय नागरिकको शव भेटियो

0 Shares

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा दुईजनाको शव फेला परेको छ ।

बूढानीलकण्ठ नगरपालिका ४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउण्डभित्र रहेको साढे दुईतले घरभित्र पुरूष र महिला मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

मृत भेटिनेमा धादिङ बैरेनीकी अन्जना पाख्रिन र एकजना भारतीय नागरिक परम नारायण गिल रहेका छन् । अन्जना धादिङ गल्छी गाउँपालिका ६ घर भई हाल सोही घरमा काम गरी बस्ने गर्थिन्। यस्तै नारायणले घरको पहिलो तलामा रहेको एउटा कोठा भाडामा लिएका थिए।

घटना शंकाकस्पद रहेको बताउँदै प्रहरीले अनुसन्धान थालेको छ । शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।

सम्बन्धित समाचार