0
Shares
काठमाडौं । बजारमा सुकेको प्याजको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सुकेको प्याजको मूल्य बढेको देखाएको हो ।
कालीमाटी बजारमा आइतबार सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ४२ रुपैयाँमा किनबेच भइरहेको छ । जेठ अन्तिम साता सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३६ देखि अधिकतम ३८ रुपैयाँमा कारोबार भएको थियो ।
प्याजको मूल्य थोरै मात्रामा मात्र घटबढ हुने व्यवसायीहरू बताउँछन् ।