0
Shares
काठमाडौं । ललितपुरको हात्तीवनस्थित मेटल उद्योगमा शुक्रबार आगलागीमा मृत्यु भएका व्यक्तिको सनाखत भएको छ ।
मृतक काभ्रेको भुम्लु गाउँपालिका सल्लेका ५० वर्षीय राजु ठकुरी भनिने भोजबहादुर पहरी रहेको प्रहरी परिसर ललितपुरले जनाएको छ ।
ललितपुर महानगर २३ हात्तीवनस्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा आगलागी भएको थियो । आगो निभाइसकेपछि एक व्यक्ति जलेको अवस्थामा मृत फेला परेका थिए ।
उनको शरीर जलेकाले मृतकको सनाखत हुन सकेको थिएन । तर, पछि मृतकका आफन्तले शव सनाखत गरेको प्रहरीले जनाएको छ ।