रियल मी ब्राण्डका अत्याधुनिक रियल मी १४ सार्वजनिक

0 Shares

काठमाडौं । नेपाली स्मार्टफोन बजारमा प्रविधिको नयाँ अध्याय सुरु गर्दै विश्वभर लोकप्रिय ब्रान्ड रियल मीले आफ्नो अत्याधुनिक रियल मी १४ सिरिजको सार्वजनिक गरेको छ ।

प्राविधिक उत्कृष्टता, स्टाइल र गेमिङ क्षमताको अभूतपूर्व संयोजन भएको यस सिरिजमा रियल मी १४ टी फाइभ जी र रियल मी फाइभ जी जस्ता शक्तिशाली स्मार्ट फोनहरू समावेश छन् ।

रियल मीको यो नयाँ सिरिज आधुनिक प्रयोगकर्ताको आवश्यकता र चाहनालाई ध्यानमा राखी डिजाइन गरिएको हो । जसमा उच्च प्रदर्शन, गेमिङ(मैत्री विशेषता, उन्नत क्यामेरा प्रणाली र फास्ट चार्जिङ जस्ता सुविधा समावेश रहेका छन् ।

रियल मी १४ टी फाइभ जी, स्याप ड्रागन ६ जेन ४ फाइभ जी, चिपसेट, एडभान्स बायोनिक कूलिङ सिस्टम र विशाल ६००० एम्पाएर टाइटन ब्याट्रीले संचालित छ । एआइ आधारित क्यामेराः सामाजिक सञ्जालका लागि उत्कृष्ट फोटो, भिडियो अनुभव गरेको छ । फाइज जी ड्युल सिम सपोर्टः भविष्यमैत्री कनेक्टिभिटी टेक्नोलोजी रहेको छ ।

रियलमी १४ सिरिजको डिस्प्ले ६।७२ इञ्चको ठूलो एफएचडी रहेको छ । डिस्प्ले १२० हर्सको उच्च रिफ्रेस रेट छ । जसले गर्दा स्क्रोलिङ स्मूथ हुन्छ ।

यो फोनको क्यामेरा ५० एमपी एआइ सपोर्टसहित स्पष्ट र आकर्षक तस्बिरहरू खिच्न सकिन्छ ।

फोनका लागि अग्रिम बुकिङ र पहिलो बिक्री सुरु भइसकेको छ भने पहिलो बिक्री पनि चाँडै सुरु हुँदै छ । फोन नेपालभरका आधिकारिक डिलर स्टोरहरू तथा अनलाइन डिजिटल पार्टनरमार्फत उपलब्ध छ ।

सम्बन्धित समाचार